Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर बजार क्षेत्रमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट जुवामा प्रयोग भइरहेको ५ बुक तास तथा नगद ४१ हजार ३३५ रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्तिहरूको नाम, ठेगाना तथा विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

बरामद तास, नगद रकम तथा पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...