Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

रास्वपामा युवा नेता बिकेश राय थारूको घरफिर्ती, सांसद कानूद्वारा स्वागत

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढीका युवा नेता बिकेश राय थारू पुनः आफ्नै राजनीतिक घर रास्वपामा फर्किएका छन् । केही समयअघि आन्तरिक तथा सांगठनिक असमझदारीका कारण अन्य राजनीतिक दलमा आबद्ध भएका थारू दर्जनौं साथी तथा समर्थकसहित पुनः रास्वपामा फर्किएका हुन् ।

रास्वपाको विचार, स्पष्ट सिद्धान्त र जनमुखी कार्यशैलीप्रति सधैं आकर्षित रहेकाले आफू पुनः पार्टीमा फर्किएको थारूले बताएका छन् । गत स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिका–१ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका थारू झिनो मतान्तरले दोस्रो स्थानमा रहेका थिए । उनी रास्वपा पर्सागढीको प्रथम अधिवेशनदेखि नै पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

थारूको घरफिर्तीलाई स्वागत गर्न पर्सागढीमा आयोजित विशेष कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का संघीय सांसद सुशील कुमार कानूले खादा तथा अबिर लगाएर उनलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए ।

सो अवसरमा सांसद कानूले सक्षम, ऊर्जाशील र जनतामाझ लोकप्रिय युवाहरू पार्टीमा फर्किनु रास्वपाका लागि सकारात्मक संकेत भएको बताए । उनले यस्ता युवाको सक्रियताले पर्सामा पार्टी संगठन थप सशक्त बन्ने र आगामी निर्वाचनमा समेत सकारात्मक परिणाम हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पर्सागढी नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न स्वागत तथा घरफिर्ती कार्यक्रममा रास्वपाका युवा नेता सुधीर पटेल, बुद्धिराज अर्याल, जोखू मियाँ, नगर उपसभापति सुनील रायभर, नगर सचिव सर्फू आलम अन्सारी, वडा सभापतिहरू मिनबहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँ, रामलीला चौधरीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका...

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज...

वीरगंजमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा...