Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नारायणी रंगशाला र कभर्डहलका लागि साढे १२ करोड बजेट विनियोजन

फ्लडलाइटसहित स्तरोन्नतिका लागि थप ३ करोड, मधेशका पाँच जिल्लाका खेल पूर्वाधारमा ११ करोड

spot_img
spot_img

वीरगंज । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि कुल १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तका अनुसार युवा तथा खेलकुद मन्त्रालयले नारायणी रंगशालाको थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ तथा नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको हो ।

उनका अनुसार पूर्वाधार विकास मन्त्रालयले रंगशालामा फ्लडलाइट जडान तथा अन्य स्तरोन्नति कार्यका लागि थप ३ करोड रुपैयाँ विनियोजन गरेको छ । सांसद पन्तले नारायणी रंगशाला वर्तमान सरकारको प्राथमिकतामा परेको दाबी गर्दै यसले खेलकुद पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

गत आर्थिक वर्षमा पनि सरकारले नारायणी रंगशालाका लागि ४ करोड र कभर्डहलका लागि ४ करोड गरी ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर विनियोजित बजेटमध्ये ४ करोड रुपैयाँ बराबरको काम अझै सम्पन्न हुन नसकेको जनाइएको छ ।

यसैबीच, सरकारले मधेश प्रदेशका विभिन्न खेल पूर्वाधार विकासका लागि पनि बजेट व्यवस्था गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का इन्जिनियर शिवभद्र यादवका अनुसार प्रदेशका अन्य पाँच जिल्लाका रंगशाला तथा खेलमैदानलाई लक्षित गरी कुल ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेट अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित खेलमैदानका लागि ३ करोड रुपैयाँ, सिराहाको लहान नगरपालिका अन्तर्गत पशुपति आदर्श माध्यमिक विद्यालयमा कभर्डहल निर्माणका लागि ३ करोड रुपैयाँ तथा बाराको कलैया क्रिकेट मैदानको पूर्वाधार विकासका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी धनुषाको रामजानकी रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १ करोड रुपैयाँ र सप्तरीको राजविराजस्थित राज रंगशालाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...