Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्सामा भन्सार छलीका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा सहित चार जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका स्याउ तथा ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुलमुनिको बाटो हुँदै भारततर्फ लैजाँदै गरेको बी.म.न.पा. १ ह १–०७९६ नम्बरको अटो रिक्सालाई रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएका ८ कार्टुन स्याउ फेला पारेको थियो ।

प्रहरीले अटो रिक्सासहित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त स्याउ वीरगंज महानगरपालिका–८ गहवास्थित एक गोदामबाट ल्याइएको खुल्न आएको थियो । त्यसपछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी गोदाममा खानतलासी गर्दा थप ५९ कार्टुन स्याउ बरामद गरेको जनाएको छ ।

बरामद भएका ६७ कार्टुन स्याउसहित गोदाम सञ्चालक वीरगंज महानगरपालिका–१४ निवासी २९ वर्षीय धनन्जय प्रसाद कलवार, उनका सहयोगी २० वर्षीय अमन कुमार पासवान तथा अटो रिक्सा चालक वीरगंज–२ छप्कैयाका १९ वर्षीय इब्राम आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा बरामद सामान र पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय बुझाइएको प्रहरीको भनाइ छ ।

यसैबीच, अर्को कारबाहीमा प्रहरीले वीरगंज महानगरपालिका–१९ बिन्दबासिनीस्थित राहुल मेशिनरी हार्डवेयरमा छापा मारेर भन्सार छली गरी ल्याइएका ट्र्याक्टरका पार्टपुर्जा बरामद गरेको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा करिब २ लाख ७ हजार रुपैयाँ बराबरका विभिन्न ट्र्याक्टर पार्टपुर्जा फेला परेका थिए । सो प्रकरणमा पसल सञ्चालक बहुदरमाई नगरपालिका–९ निवासी करिब ४० वर्षीय जगत नारायण प्रसाद गुप्तालाई नियन्त्रणमा लिइएको छ ।

बरामद पार्टपुर्जा र पक्राउ परेका गुप्तालाई पनि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...