Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पत्रकारकाे आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव सम्मानीको ऐक्यबद्धता

प्रेस स्वतन्त्रता र पत्रकार अधिकारको पक्षमा निरन्तर साथ रहने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव नेजामुदिन सम्मानीले पत्रकारहरूको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा पेशागत अधिकारको संरक्षण लोकतन्त्र सुदृढीकरणका लागि अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि आयोजित धर्ना कार्यक्रममा सहभागी हुँदै उनले पत्रकार आन्दोलनप्रति आफ्नो समर्थन र सहभागिता रहेको बताएका हुन् ।

सम्मानीले देशमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, सुशासन तथा जनअधिकार स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा पत्रकारहरूले ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरे । जनताको आवाज राज्यसम्म पुर्‍याउने, सत्य–तथ्य उजागर गर्ने तथा अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध कलम चलाउने कार्यमा सञ्चारकर्मीहरूको योगदान अतुलनीय रहेको उनको भनाइ थियो ।

उनले देशमा भएका राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक परिवर्तनका हरेक चरणमा पत्रकारहरूको सक्रिय सहभागिता र बलिदान रहेको स्मरण गर्दै त्यसको सम्मान हुनुपर्ने बताए ।

“आज पत्रकार साथीहरू आफ्ना पेशागत हक, अधिकार, सुरक्षा तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि आन्दोलनरत हुनुहुन्छ । उहाँहरूका जायज मागहरू लोकतन्त्रलाई अझ बलियो बनाउने विषयसँग जोडिएका छन्,” सम्मानीले भने, “स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता बिना लोकतन्त्रको सुदृढीकरण सम्भव छैन ।”

उनले पत्रकारहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै पत्रकार आन्दोलन सफलताको शुभकामना समेत दिए ।

सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले सञ्चालन गरेको आन्दोलनका क्रममा आयोजित धर्नामा सहभागी भएर सहमहासचिव सम्मानीले पत्रकार समुदायसँग ऐक्यबद्धता प्रकट गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...