Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा ०.२९ प्रतिशत मात्र बेरुजु, देशभरमा ५९औँ स्थान

spot_img
spot_img

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ ।

प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु दर केवल ०.२९ प्रतिशत रहेको छ। मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा न्यून बेरुजु कायम गर्दै परवानीपुर गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो । साथै, देशभरका ७५३ स्थानीय तहमध्ये गाउँपालिकाले ५९औँ स्थान प्राप्त गरेको छ ।

गाउँपालिकाले वित्तीय अनुशासन, सुशासन, पारदर्शिता तथा सार्वजनिक स्रोत–साधनको प्रभावकारी व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन गर्दै उक्त उपलब्धि हासिल गरेको जनाएको छ । योजना कार्यान्वयन, लेखा प्रणालीको सुदृढीकरण तथा आर्थिक व्यवस्थापनमा अपनाइएको पारदर्शी अभ्यासले सकारात्मक परिणाम दिएको गाउँपालिकाको भनाइ छ ।

यस उपलब्धिप्रति गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले यो सफलता जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सामूहिक प्रयासको प्रतिफल भएको बताए । उनले आगामी दिनमा शून्य बेरुजुको लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको जानकारी दिए ।

“यो उपलब्धिले हामीलाई थप जिम्मेवार बनाएको छ । आगामी वर्षहरूमा शून्य बेरुजुको लक्ष्य हासिल गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा नमुना स्थानीय तहका रूपमा स्थापित हुने हाम्रो संकल्प छ,” रौनियारले भने ।

स्थानीय तहको आर्थिक अनुशासन, वित्तीय व्यवस्थापन र कार्यसम्पादन मूल्याङ्कनका दृष्टिले महालेखापरीक्षकको प्रतिवेदनलाई महत्वपूर्ण सूचक मानिन्छ । यस्तो अवस्थामा परवानीपुर गाउँपालिकाले हासिल गरेको यो उपलब्धिलाई स्थानीय तहमा सुशासन र प्रभावकारी वित्तीय व्यवस्थापनको उदाहरणीय नमुनाका रूपमा हेरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...