Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार सार्वजनिक गरेको ५०९ जना प्रहरी निरीक्षकको सरुवा सूचीअनुसार पर्सामा कार्यरत ६ जना प्रहरी निरीक्षकको सरुवा भएकाे हाे ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय पर्साको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत बैंकिङ कसुर अनुसन्धान शाखा, लाजिम्पाटमा सरुवा भएको छ ।

त्यसैगरी लामो समयदेखि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काको इलाका प्रहरी कार्यालय धनौरा ढोडरी, बर्दियामा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत प्रहरी निरीक्षक रवीन्द्र अधिकारीको जिल्ला प्रहरी परिसर ललितपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीको बागमती प्रदेश प्रहरी गण, हेटौँडा (मकवानपुर) मा सरुवा भएको सरुवा सूचीमा उल्लेख छ।

यस्तै, यसअघि नै इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट काज सरुवामार्फत इलाका प्रहरी कार्यालय सिमरामा पठाइएका प्रहरी निरीक्षक प्रकाश थापाको यसपटकको सरुवामा सोही कार्यालयमा दरबन्दी कायम गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...