Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई तेलीको निधन

spot_img
spot_img

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको असामयिक निधन भएको छ । बहुदरमाई नगरपालिका–६ निवासी २८ वर्षीय तेलीको बिहीबार बिहान उपचारका क्रममा निधन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हृदयसम्बन्धी समस्याबाट पीडित रहेका तेलीको उपचार भइरहेका बेला मृत्यु भएको हो । उनी विपद् व्यवस्थापन कार्यालय, जनकपुरमा दरबन्दी रहे पनि केही समयदेखि काजमा नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत थिए ।

तेलीको निधनप्रति मधेश प्रदेश प्रहरी कार्यालयले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । कार्यालयले जारी गरेको श्रद्धाञ्जली सन्देशमा स्वर्गीय तेलीलाई कर्मठ र राष्ट्रप्रति समर्पित प्रहरीकर्मीको रूपमा स्मरण गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, यस दुःखद घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...