Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख युवराज कटुवालको सरुवा, दीपेन्द्र श्रेष्ठ आउने

spot_img
spot_img

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ५०९ जना प्रहरी निरीक्षकहरूको एकैपटक गरेको सरुवाअन्तर्गत कटवालको पनि सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार कटवाललाई अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा, महाराजगञ्ज काठमाडौंमा खटाइएको छ । उनको स्थानमा काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखामा कार्यरत प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजको प्रमुखका रूपमा आउने भएका छन् ।

यसैबीच, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजमा कार्यरत तीन जना प्रहरी निरीक्षकहरूको पनि सरुवा भएको छ । प्रदेश कार्यालयको अनुसन्धान योजना शाखामा कार्यरत प्रहरी निरीक्षक अनुप गुरुङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा पठाइएको छ ।

त्यस्तै, प्रदेश कार्यालयअन्तर्गत पोलिग्राफ एकाइ वीरगंजमा कार्यरत प्रहरी निरीक्षक दीपेन्द्र कुमार यादवको सरुवा मधेश प्रदेश प्रहरी गण, जनकपुरमा भएको छ भने कर्मचारी प्रशासन शाखा वीरगंजमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज । एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ। इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार...

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

महोत्तरी । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ...

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो...