Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

एसियाली खेलकुदको अन्तिम छनोटमा पर्साका राज यादव सफल, जापानमा नेपालको प्रतिनिधित्व गर्ने

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका–शिवर्वाका राष्ट्रिय कुस्ती खेलाडी राज यादवले जपानमा हुने २०औँ एसियाली खेलकुद (Aichi-Nagoya 2026) को अन्तिम छनोटमा सफलता हासिल गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

१२० केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम छनोटमा स्थान बनाउन सफल यादवलाई खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व तथा शुभेच्छुकहरूले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

यादवले आफ्नो निरन्तर मेहनत, समर्पण र संघर्षका बलमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको भन्दै उनको सफलताले देश, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल कुस्ती संघ, आफ्नो कर्मथलो भूमि प्रशासन कार्यालय पोखरिया तथा जन्मभूमि शिवर्वा गाउँ र पोखरिया नगरपालिकाको गौरव बढाएको बताइएको छ ।

शुभकामना सन्देशमा यादवले आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । साथै स्वर्ण पदक जितेर देशको नाम विश्वसामु चिनाउन सफल होऊन् भन्ने कामना समेत गरिएको छ ।

उनका प्रशिक्षकहरू, खेल पदाधिकारीहरू, प्रशिक्षणका साथीहरू तथा निरन्तर हौसला प्रदान गर्ने सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथ र आशीर्वादले यादवलाई अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

नेपालको कुस्ती खेलमा नयाँ इतिहास रच्ने लक्ष्यका साथ अगाडि बढिरहेका यादवको सफलताले पर्सासहित समग्र नेपाली खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...