Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

कमिटी जित्दैमा टिकट सुनिश्चित हुँदैन, मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का साधारण सदस्य एवं जेनजी नेता अर्जुन शाहले पार्टीभित्र उम्मेदवार छनोट तथा टिकट वितरण प्रक्रियाबारे स्पष्ट पार्दै कुनै पनि समिति, गुट वा व्यक्तिको प्रभावका आधारमा टिकट नबाँडिने बताएका छन् ।

देशभर तथा विशेषगरी मधेश प्रदेशका पार्टी कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई सम्बोधन गर्दै जारी खुला पत्रमा शाहले पालिका, जिल्ला वा प्रदेश कमिटीको नेतृत्व जित्दैमा स्वतः निर्वाचन टिकट सुनिश्चित नहुने उल्लेख गरेका छन् । उनले उम्मेदवार छनोट पार्टीको विधान, सिद्धान्त र निर्धारित मापदण्डअनुसार हुने बताएका छन् ।

शाहका अनुसार रास्वपाले परम्परागत राजनीतिक दलहरूको अभ्यासभन्दा फरक ढंगले उम्मेदवार छनोट गर्ने नीति अवलम्बन गरेको छ । प्रदेश सभा, प्रतिनिधि सभा तथा स्थानीय तहका उम्मेदवारको टिकट कुनै व्यक्ति वा समितिको सिफारिसका आधारमा वितरण नहुने उनले स्पष्ट पारे ।

उनले पार्टीले योग्य, सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व विकास गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरशिप एकेडेमी’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन् । महाधिवेशनका कारण केही ढिलाइ भए पनि यी कार्यक्रममार्फत नेतृत्व विकास, नीति, सुशासन, संविधान, स्थानीय आवश्यकता तथा जनप्रतिनिधिको जिम्मेवारीसम्बन्धी प्रशिक्षण र मूल्याङ्कन गरिने उनले बताएका छन् ।

खुला पत्रमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता, सार्वजनिक छवि, नैतिकता, कार्यसम्पादन, जनविश्वास तथा पार्टीको मूल्य र सिद्धान्तप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइने उल्लेख गरिएको छ । टिकट वितरण प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र मापदण्डमा आधारित हुने दाबी गरिएको छ ।

शाहले मधेश प्रदेशका कार्यकर्ता तथा आम नागरिकलाई टिकट वितरणसम्बन्धी अफवाह, व्यक्तिगत दाबी वा अनधिकृत सूचनामा विश्वास नगर्न आग्रह गरेका छन् । पार्टीले उम्मेदवार छनोटसम्बन्धी निर्णय तथा सूचना आधिकारिक माध्यमबाट मात्रै सार्वजनिक गर्ने उनको भनाइ छ ।

नेपालको राजनीतिमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता र योग्यतामा आधारित नेतृत्व विकास गर्ने अभियानमा सबैको निरन्तर साथ र सहयोग रहने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका...

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज...

वीरगंजमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा...