Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

रास्वपा पर्सा–४ मा कृष्णमोहन यादवको पराजयपछि सांसद शाक्यको भूमिका चर्चामा

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सांसद टेकबहादुर शाक्य निकट समूहले अपेक्षित नतिजा हासिल गर्न नसकेको छ । निर्वाचन परिणामले पार्टीका पुराना कार्यकर्ता र नेतृत्वप्रति सदस्यहरूको झुकाव देखिएको विश्लेषण गरिएको छ ।

निर्वाचनमा क्षेत्रीय संयोजक पदमा जितेन्द्र मिश्राको प्यानलले प्रभावशाली जित हासिल गर्दा सांसद शाक्य समर्थित अधिकांश उम्मेदवार पराजित भएका छन् । विशेषगरी क्षेत्रीय उपसंयोजक पदमा शाक्य पक्षबाट उम्मेदवारी दिएका कृष्णमोहन प्रसाद यादवको पराजयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उपसंयोजक पदमा मिश्राको प्यानलबाट उम्मेदवार बनेका प्रद्युम्न प्रसाद गौतम ३९ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १९ मत प्राप्त गरे । गौतमले २० मतको फराकिलो अन्तरले जित हात पारेका हुन् ।

यादव जगरनाथपुर गाउँपालिकाको अध्यक्ष पदका दुई पटकका उम्मेदवार समेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दोस्रो र २०७९ सालमा तेस्रो स्थानमा रहेका उनले आगामी निर्वाचनमा पुनः अध्यक्ष पदमा दाबी गर्ने तयारी गरिरहेको चर्चा छ । तर पार्टीभित्रकै निर्वाचनमा उपसंयोजक पदमा पराजित भएपछि उनको राजनीतिक प्रभाव र आगामी सम्भावनाबारे समेत चर्चा सुरु भएको छ ।

निर्वाचन परिणामपछि सांसद शाक्यको रणनीतिमाथि पनि प्रश्न उठ्न थालेको छ । पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले पुराना र सक्रिय कार्यकर्तालाई बेवास्ता गर्दै नवप्रवेशीहरूलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । क्षेत्रीय नेतृत्व चयनमा शाक्यले समर्थन गरेका अधिकांश उम्मेदवार पराजित भएपछि उनको समूहलाई संगठनभित्र ठूलो धक्का लागेको विश्लेषण गरिएको छ ।

पार्टी स्रोतका अनुसार क्षेत्र नं. ४ को निर्वाचनले रास्वपा पर्सामा संगठन निर्माण, पुराना कार्यकर्ताको भूमिका तथा नेतृत्व छनोटको विषयलाई थप बहसको केन्द्रमा ल्याएको छ । निर्वाचनको नतिजाले पार्टीभित्रको शक्ति सन्तुलनमा समेत नयाँ संकेत दिएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका...

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज...

वीरगंजमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा...