Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

spot_img
spot_img

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (इलीगल इस्कर्ट) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल प्रयोग गरी युवतीहरूको फोटो तथा भिडियो देखाएर ग्राहकसँग मोलमोलाइ गर्ने, भेटघाटको सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधनमार्फत गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली आसपासका विभिन्न होटलहरूमा पुर्‍याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन् ।

यस्तै पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उक्त गिरोहले सामाजिक सञ्जाललाई माध्यम बनाएर संगठित रूपमा अवैध गतिविधि सञ्चालन गर्दै आएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...