Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

जगरनाथपुरकाे मसिहानीमा छठघाटकाे गाउँपालिका अध्यक्ष यादवद्वारा शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीस्थित छठघाट निर्माण कार्यको मंगलबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले छठ पर्व नेपाली समाजको आस्था, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसको संरक्षण तथा श्रद्धालु भक्तजनको सुविधालाई ध्यानमा राखेर छठघाट निर्माण कार्य अघि बढाइएको बताए ।

उनले विकास, संस्कृति र जनभावनालाई समान रूपमा सम्मान गर्दै जगरनाथपुर गाउँपालिकाको समृद्धिका लागि स्थानीय सरकार निरन्तर प्रतिबद्ध रहेको बताए । साथै, निर्माण कार्यलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे ।

मधेश प्रदेश सरकारको सहयोगमा जगरनाथपुर गाउँपालिकाले निर्माण गर्न लागेको उक्त छठघाटको निर्माण कार्य आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयवासीले छठघाट निर्माण भएपछि छठ पर्वलगायत अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...