Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीले मन्सुरीलाई बुधबार वीरगंजबाट पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका–५ घर भई हाल वीरगंज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय मन्सुरीलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । मन्सुरी भैंसी तथा पाडा व्यापारी हुन् ।

प्रहरीका अनुसार मन्सुरीमाथि जगरनाथपुर गाउँपालिका–४ घर भएकी आफ्नी सालीको हत्या घटनामा संलग्न रहेको आरोप छ । यसअघि सोही घटनामा उनका दाजु नासिर अहमदलाई प्रहरीले पक्राउ गरिसकेको छ । नासिर अहिले प्रहरी हिरासतमा छन् ।

२०७८ साल असोज २१ गते जाफिरकी अविवाहित सालीको शव प्रहरीलाई जानकारी नदिई वीरगंज–१३ मुर्लीस्थित कब्रस्तानमा गाड्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । शव गाड्ने क्रममा नासिर, जाफिरलगायतका व्यक्तिहरू संलग्न रहेको आरोप लागेको थियो ।

प्रहरीका अनुसार ती युवतीमाथि जबर्जस्ती करणी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त अवस्थामा गाउँकै क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि उनको शव वीरगंज ल्याएर गुपचुप रूपमा कब्रस्तानमा गाड्ने प्रयास गरिएको आरोप छ ।

घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले करिब पाँच वर्षपछि अहिले नासिर र जाफिरलाई पक्राउ गरेको हो । पाँच वर्षअघि राजनीतिक पहुँचका कारण घटनाको अनुसन्धान अगाडि नबढाइएको आरोपसमेत लाग्दै आएको थियो । प्रहरीले भने अहिले घटनाको अनुसन्धानलाई पुनः अगाडि बढाएको जनाएको छ ।

घटनामा संलग्न अन्य आरोपितहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...