Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

बहुअरीमा सामुदायिक विद्यालयका विद्यार्थीलाई एकमहिने विज्ञान तथा प्रविधि तालिम

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २४ को आर्थिक सहयोग तथा एडरोबोटिक्सको प्राविधिक सहकार्यमा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एकमहिने विज्ञान तथा प्रविधि तालिम श्री शारदा माध्यमिक विद्यालय, बहुअरीमा सञ्चालन गरिएको छ ।

विद्यार्थीहरूमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा सिर्जनशील सोचको विकास गर्ने उद्देश्यले सुरु गरिएको उक्त तालिमले उनीहरूको व्यावहारिक ज्ञान र सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष विजय पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा वडा सदस्य सीता देवी र सदाम हुसेन, वडा सचिव सतिश श्रीवास्तव, सहायक सचिव सुरज यादव लगायतको उपस्थिति रहेको थियो ।

तालिममा सिद्धार्थ पटेल, लालबाबु गिरी र दिनेश महतोले प्रशिक्षक तथा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले विज्ञान तथा प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा विद्यार्थीहरूलाई अनुसन्धानमुखी सोच, नवप्रवर्तन र आधुनिक प्रविधिसँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय तथा समयानुकूल शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले भविष्यमा दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय तह र निजी क्षेत्रबीचको सहकार्यमा सञ्चालन भएको यस पहललाई शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धितर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ । कार्यक्रमको सञ्चालन शिक्षक यज्ञराज सापकोटाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

महोत्तरी । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ...

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो...

राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम

काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय...