Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

रास्वपा पर्सा–४ मा जितेन्द्र मिश्राको जीत, सांसद शाक्य पक्ष पराजित

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को संयोजकमा जितेन्द्र मिश्रा निर्वाचित भएका छन् । जिल्ला सभापति हरि पन्त पक्षका उम्मेदवार मिश्राले ५२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जगदीश प्रसादले १८ मत प्राप्त गरेका थिए । जगदीश पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य पक्षका उम्मेदवार थिए । मिश्रा निर्वतमान क्षेत्रिय सभापति पनि हुन् ।

क्षेत्रीय नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा मिश्राको नेतृत्वको प्यानलले पुरै पदमा जित हासिल गरेको छ । उपसंयोजक (क) पदमा प्रधुमनकुमार गौतम ४९ मतसहित निर्वाचित भए भने उपसंयोजक (ख) मा प्रवेज अहमद ३८ मतसहित विजयी भएका छन् ।

उपसंयोजक पदका अन्य उम्मेदवार कृष्णमोहन प्रसाद यादवले १९ मत तथा रामनाथ प्रसाद चौरसियाले १५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सदस्य पदमा विकीकुमार यादव निर्वाचित भएका छन् ।

निर्वाचन परिणामसँगै पर्सा क्षेत्र नं. ४ मा मिश्रा पक्षको संगठनात्मक प्रभाव थप बलियो बनेको विश्लेषण गरिएको छ । सांंसद शाक्य पक्ष कमजोर भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका...

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज...

वीरगंजमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा...