Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

‘सेवाग्राहीले अख्तियार दुरुपयोग गर्न सक्दैन’ : मेयरका स्वकीय सचिव

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दालाई लिएर उनका स्वकीय सचिव सत्यराज घिमिरेले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिमिरेले उक्त मुद्दा भ्रष्टाचारका कारण नभई छोरीको नागरिकता बनाउने विषयसँग सम्बन्धित रहेको दाबी गरेका छन्। उनका अनुसार नागरिकता बनाउने प्रक्रियामा मेयर सिंह सेवाग्राहीको भूमिकामा मात्र रहेको र सेवाग्राहीले अख्तियारको अधिकार दुरुपयोग गर्न नसक्ने अवस्था भएकाले भ्रष्टाचार मुद्दा दर्ता गर्नु उचित नभएको बताएका छन् ।

घिमिरेले सोही विषयमा यसअघि पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको तथा न्यायिक प्रक्रियाअन्तर्गत मेयर सिंह रिहा भइसकेको उल्लेख गर्दै न्यायालयमा विचाराधीन रहेको विषयमा अख्तियारले पुनः मुद्दा दर्ता गर्नु क्षेत्राधिकार नाघेको कदम भएको आरोप लगाएका छन् ।

उनले नागरिकता सम्बन्धी विषयमा अख्तियारको भूमिका अनुसन्धान तथा सिफारिससम्म सीमित रहने दाबी गर्दै यस प्रकरणमा राज्यशक्तिको दुरुपयोग भएको टिप्पणी गरेका छन्। साथै, यदि अख्तियारले नागरिकता सम्बन्धी विषयलाई भ्रष्टाचारको मुद्दाका रूपमा अघि बढाउने हो भने विदेशी तथा दोहोरो नागरिकता लिएका व्यक्तिहरूको हकमा समेत समान रूपमा कारबाही गर्नुपर्ने बताएका छन् ।

घिमिरेले आफूहरू न्यायिक प्रक्रियामा सहभागी हुने र न्यायालयप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै अन्तिम सत्य न्यायालयबाटै स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने नगर प्रमुख सिंहसहित सात जनाविरुद्ध गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...