Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालयबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताले निर्देशनालयमा कार्यरत कर्मचारी, कामदार तथा उनीहरूका परिवारजनलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशका निर्देशक एवं वरिष्ठ वैज्ञानिक डा. विश्वेश्वर प्रसाद यादवले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताको मुख्य उद्देश्य कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा कामदारलाई प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ । सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा कोषअन्तर्गत उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू प्राथमिकताका साथ प्राप्त गर्नेछन् ।

यस्तै, उपचारका लागि आउने लाभार्थीलाई अस्पतालमा विशेष सामाजिक सुरक्षा कोष काउन्टरमार्फत सेवा प्रदान गरिनेछ । सामाजिक सुरक्षा कोषबाट व्यहोर्न बाँकी रहने सहभुक्तानी रकम निर्धारित अवधिभित्र भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी तथा परिवारजनले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा प्रयोग्य सामग्रीबाहेकका उपचार सेवामा २० प्रतिशत विशेष छुट प्राप्त गर्नेछन् । साथै अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

दुवै संस्थाबीच भएको सहमतिअनुसार वार्षिक स्वास्थ्य परीक्षण, पूर्व–रोजगारी स्वास्थ्य परीक्षण, आवश्यकताअनुसार संस्थामै स्वास्थ्य सेवा उपलब्ध गराउने तथा प्रत्येक त्रैमासिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम पनि अघि बढाइनेछ ।

त्यसैगरी, कृषि अनुसन्धान निर्देशनालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा नेशनल मेडिकल कलेजलाई मेडिकल पार्टनरका रूपमा सहभागी गराइने तथा आवश्यकताअनुसार संयुक्त कार्यक्रम र अन्य सहकार्य गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था पनि सम्झौतामा समेटिएको छ ।

सम्झौताले कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी, कामदार तथा परिवारजनको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै गुणस्तरीय उपचार सेवा प्राप्त गर्न थप सहजता हुने विश्वास लिइएको छ ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी लगायत दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...