Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

हिमालयन डिस्टिलरीद्वारा परवानीपुर स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर स्वास्थ्य चौकीलाई हिमालयन डिस्टिलरी लिमिटेडले ११ लाख ५० हजार रुपैयाँ बराबरको अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग गरेको छ ।

वडा नं. २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको पहलमा उपलब्ध गराइएको उक्त उपकरण एक विशेष कार्यक्रमबीच स्वास्थ्य चौकी प्रमुख रामेश्वर रामलाई हस्तान्तरण गरिएको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा हिमालयन डिस्टिलरी लिमिटेडका महाप्रबन्धक हरि अधिकारी, प्रशासन अधिकृत अमर पोखरेल, वडा सचिव राजीव गिरी, समाजसेवी राजन पटेल, जवाहिर महतो, भोज महतो, ताराचन्द महतो, रमेश महतो लगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रौनियारले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित आफू निरन्तर प्रयासरत रहेको बताए । परवानीपुर क्षेत्रका गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अन्य बिरामीले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढासम्म जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अब स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुने बताए ।

“स्वास्थ्य नागरिकको आधारभूत अधिकार हो । यस क्षेत्रका बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले हिमालयन डिस्टिलरीसँग समन्वय गरी यो उपकरण उपलब्ध गराउन सफल भएका छौं,” उनले भने, “यसले विशेषगरी गर्भवती महिला तथा अन्य बिरामीलाई समयमै परीक्षण तथा उपचार सेवा लिन सहज बनाउनेछ ।”

स्वास्थ्य चौकी प्रमुख रामेश्वर रामले अल्ट्रासाउन्ड मेसिन प्राप्त भएपछि स्वास्थ्य चौकीको सेवा क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले यस उपकरणबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनुका साथै स्वास्थ्य सेवामा पहुँच र गुणस्तर दुवैमा सुधार आउने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...