Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हिमालयन डिस्टिलरीद्वारा परवानीपुर स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर स्वास्थ्य चौकीलाई हिमालयन डिस्टिलरी लिमिटेडले ११ लाख ५० हजार रुपैयाँ बराबरको अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग गरेको छ ।

वडा नं. २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको पहलमा उपलब्ध गराइएको उक्त उपकरण एक विशेष कार्यक्रमबीच स्वास्थ्य चौकी प्रमुख रामेश्वर रामलाई हस्तान्तरण गरिएको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा हिमालयन डिस्टिलरी लिमिटेडका महाप्रबन्धक हरि अधिकारी, प्रशासन अधिकृत अमर पोखरेल, वडा सचिव राजीव गिरी, समाजसेवी राजन पटेल, जवाहिर महतो, भोज महतो, ताराचन्द महतो, रमेश महतो लगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रौनियारले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित आफू निरन्तर प्रयासरत रहेको बताए । परवानीपुर क्षेत्रका गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अन्य बिरामीले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढासम्म जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अब स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुने बताए ।

“स्वास्थ्य नागरिकको आधारभूत अधिकार हो । यस क्षेत्रका बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले हिमालयन डिस्टिलरीसँग समन्वय गरी यो उपकरण उपलब्ध गराउन सफल भएका छौं,” उनले भने, “यसले विशेषगरी गर्भवती महिला तथा अन्य बिरामीलाई समयमै परीक्षण तथा उपचार सेवा लिन सहज बनाउनेछ ।”

स्वास्थ्य चौकी प्रमुख रामेश्वर रामले अल्ट्रासाउन्ड मेसिन प्राप्त भएपछि स्वास्थ्य चौकीको सेवा क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले यस उपकरणबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनुका साथै स्वास्थ्य सेवामा पहुँच र गुणस्तर दुवैमा सुधार आउने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...