Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

रास्वपा पर्सामा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा, सांसद पन्त र कानु पक्ष आमनेसामने

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । सहमतिमै नयाँ नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनमार्फत जिल्ला कार्यसमिति चयन गर्न लागिएको हो ।

आइतबार पार्टीका नेताहरूबीच भएको छलफलमा सहमति जुट्न नसकेपछि सभापतिसहित विभिन्न पदका लागि मतदान हुने भएको छ । निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त र पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार साह कानु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

निवर्तमान जिल्ला सभापति समेत रहेका हरि पन्त पुनः नेतृत्वमा दोहोरिने प्रयासमा छन् । अर्कोतर्फ सुशील कुमार साह ‘कानु’लाई नेता सुधिर पटेलसहित पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद टेक बहादुर शाक्य को समर्थन रहेको बताइएको छ ।

हरि पन्त पक्षबाट उपसभापतिमा दिलिप कुर्मी, सचिवमा सुदिश कुमार प्रजापति, सह–सचिवमा कृष्णा पासवान तथा सदस्यमा तुलसा अधिकारी, प्रियंका पटेल, युवराज पटेल, पूर्णबहादुर सापकोटा र कामोध्या चौधरी उम्मेदवार बनेका छन् ।

त्यसैगरी, कानु पक्षबाट उपसभापतिमा रन्दिप श्रीवास्तव, सचिवमा शिवकुमार साह, सह–सचिवमा निरज साह तथा सदस्यमा समिर अन्सारी, महमुद अन्सारी, शशीदेवी थरुनी र आशिका थापा उम्मेदवार रहेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि मतदान सुरु हुनेछ भने मतगणना भोलि गरिने निर्वाचन समितिले जनाएको छ । जिल्ला नेतृत्व चयनका लागि दुई प्रभावशाली समूहबीच प्रतिस्पर्धा हुने भएपछि रास्वपा पर्साको अधिवेशनलाई चासोका साथ हेरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...