Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

जगरनाथपुरमा एआई एक्स–रेसहित क्षयरोग खोजपडताल शिविर, १८३ जना लाभान्वित

spot_img
spot_img

वीरगंज । “हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं : देशको नेतृत्वमा, हाम्रो साझा प्रयासबाट सम्भव छ ।” भन्ने नारासहित सञ्चालन गरिएको ‘क्षयरोग मुक्त जगरनाथपुर अभियान’ अन्तर्गत जगरनाथपुर गाउँपालिकामा क्षयरोगको जोखिम समूह लक्षित खोजपडताल कार्यक्रम सम्पन्न भएको छ ।

जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जगरनाथपुर स्वास्थ्य चौकीमा आयोजित एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त एक्स–रे तथा माइक्रोस्कोपी शिविर मार्फत क्षयरोगको प्रारम्भिक पहिचान तथा परीक्षण सेवा प्रदान गरिएको थियो ।

शिविरमा क्षयरोगको जोखिममा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, छातीको एक्स–रे तथा आवश्यक प्रयोगशाला परीक्षण गरिएको स्वास्थ्यकर्मी अशोक पटेलले जानकारी दिए । उनका अनुसार शिविरबाट एक सय ८३ जना लाभान्वित भएका छन् ।

कार्यक्रमको उद्देश्य समुदायस्तरमै क्षयरोगका सम्भावित बिरामीको पहिचान गरी समयमै उपचारको पहुँच सुनिश्चित गर्नुका साथै क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई प्रभावकारी बनाउनु रहेको गाउँपालिका स्वास्थ्य संंयाेेजक प्रभेन्द्र साहले वताए ।

जगरनाथपुर गाउँपालिकाले स्थानीय तहबाटै क्षयरोग अन्त्यका लागि सचेतना, खोजपडताल तथा उपचार सेवालाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्वास्थ्यकर्मीहरूले क्षयरोगका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत सर्वसाधारणलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...