Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

spot_img
spot_img

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

महासंघले आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, पापडका अध्यक्ष तथा पदाधिकारीहरूले घटनाबारे धारणा राख्दै संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्न राज्यसँग माग गरेका हुन् ।

उनीहरूले नेपालको संविधानको धारा १९ को उपधारा (२) ले कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने व्यवस्था गरेको स्मरण गराए ।

संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै हातहतियारसहित प्रहरी सम्पादकीय कक्षमा प्रवेश गरी सञ्चार उपकरण तथा सामग्री नियन्त्रणमा लिनु पहिलो दृष्टिमै प्रेस तथा सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप भएको महासंघको ठहर छ ।

समाचार स्रोतमा पहुँच राख्न अपनाइएको राज्यको यस्तो शैली असंवैधानिक तथा गैरकानुनी भएको भन्दै महासंघले यसले समग्र प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथि समेत प्रत्यक्ष असर पार्ने जनाएको छ ।

महासंघले पछिल्लो समय राज्यबाट संवैधानिक हकमा भएको अतिक्रमणको निन्दा गर्दै नियन्त्रणमा लिइएका सञ्चार सामग्री अविलम्ब फिर्ता गर्न माग गरेको छ । साथै, संविधानको पूर्ण पालना गर्दै समाचार स्रोत तथा सम्पादकीय सामग्रीको गोपनीयता सुरक्षित गर्न राज्यसँग जोडदार माग गरिएको छ ।

महासंघले माग सम्बोधन नभए पापडलगायतका सरोकारवाला संस्थाहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...