Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

spot_img
spot_img

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो ।

जनआस्था अनलाइनमा प्रकाशित समाचार तथा तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गत साउन २७ गते पक्राउ गरेको थियो । त्यसयता उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।

सर्वोच्चको आदेशमा श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्वीर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको उल्लेख छ । उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको भन्दै सर्वोच्चले श्रेष्ठलाई हिरासतमा राखिरहनुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।

सर्वोच्चले श्रेष्ठलाई रिहा गर्नुका साथै उनको घर तथा कार्यालयबाट प्रहरीले बरामद गरेका सबै सामानसमेत फिर्ता गर्न आदेश दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...