Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल भित्र्याइँदै गरेका ७ वटा पाडोसहित एक जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विभिन्न मिति र स्थानबाट अवैध रूपमा नदीजन्य बालुवा उत्खनन गरिरहेको अवस्थामा १९ वटा ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका चालक तथा ट्याक्टरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पर्सागढी नगरपालिकाको कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, श्रावण ३१ गते साँझ करिब ६ः३५ बजे पकाहामैनपुर गाउँपालिका–१ धोरेस्थित दशगजा क्षेत्रबाट भन्सार छली चोरी पैठारी गरी भैंसी तथा पाडो नेपाल भित्र्याइँदै गरेको अवस्थामा ७ वटा पाडोसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी धोरेबाट खटिएको टोलीले भारतबाट अवैधरूपमा डो¥याउँदै नेपालतर्फ ल्याइँदै गरेका करिब २ लाख ४० हजार रुपैयाँ बराबरका ७ वटा पाडो र पर्साको बिन्दवासिनी गाउँपालिका–५ का ३८ वर्षीय फिदा हुसेनलाई नियन्त्रणमा लिएको हो ।

पाडोसहित पक्राउ परेका हुसेनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार बालुवा उत्खननमा प्रयोग भएका ट्याक्टर र चालकलाई पटेर्वासुगौली गाउँपालिका–४ निचुटा तथा पर्सागढी नगरपालिका–३ वडनिहारलगायतका स्थानबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अवैध उत्खनन तथा चोरी पैठारी नियन्त्रणका लागि निगरानी बढाइएको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...