Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

सखुवा प्रसाैनीमा निःशुल्क स्वास्थ्य शिविर, ४८२ जना लाभान्वित

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर पञ्चगावामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४८२ जना बिरामी लाभान्वित भएका छन् ।

सखुवा प्रसौनी गाउँपालिकाको समन्वय, पर्सा ख्रिष्टियन समाज वीरगंजको आयोजन तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजकाे प्राविधिक सहयोगमा श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

पर्सा ख्रिष्टियन समाजका कोषाध्यक्ष रामप्रसाद घिमिरेका अनुसार शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग तथा जनरल मेडिसिनसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो । बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो ।

नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासले शिविरमा रक्तचाप, मधुमेह, नाडी परीक्षण, तौल मापन, इसिजी र ईको लगायतका आधुनिक स्वास्थ्य परीक्षण सेवासमेत उपलब्ध गराइएको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जसवन्त यादवले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । उनले आर्थिक रूपमा विपन्न तथा अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि यस्ता शिविर प्रभावकारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

नेशनल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेनले ग्रामीण क्षेत्रमा मुटुरोग तथा अन्य जटिल स्वास्थ्य समस्याबारे चेतनाको कमी रहेको उल्लेख गर्दै शिविरमार्फत धेरै बिरामीमा समयमै रोग पहिचान गर्न सहज भएको बताए ।

शिविरकै अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र सखुवा प्रसौनी गाउँपालिकाबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । साथै नेशनल मेडिकल कलेज र पर्सा ख्रिष्टियन समाजबीच पनि स्वास्थ्य सहकार्यसम्बन्धी छुट्टै सम्झौता गरिएको छ ।

सम्झौताअनुसार शिविरमा सहभागी बिरामीहरूले नेशनल मेडिकल कलेजमा थप उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट पाउने व्यवस्था गरिएको छ ।

पर्सा ख्रिष्टियन समाजका अध्यक्ष सिमोन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रामप्रसाद घिमिरेले गरेका थिए ।

शिविरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रजकिशोर चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दाससहित मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवि कुमार साह तथा जनरल फिजिसियन डा. प्रवेज आलम अन्सारीलगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

महोत्तरी । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ...

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो...

राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम

काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय...