Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

२५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

spot_img
spot_img

वीरगंज । २५ वर्षअघि भएको कर्तव्य ज्यान घटनामा संलग्न फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०५८ फागुन २६ गते पर्साको साविक धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावडी भन्ने रीना देवीको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको हो ।

घरायसी विवादका कारण रीना देवीको घाँटी थिची हत्या गरिएको थियो । घटनापछि फरार रहेका अभियुक्तलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साेमबार बिहान करिब ७ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको साविक धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी ५० वर्षीय काशी महतो चाई भन्ने काशीप्रसाद चौहान रहेका छन् ।

प्रहरीले कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाको लामो समयपछि अभियुक्त पक्राउ परेकाले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...