Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

इप्रका पाेखरियाद्वारा लागुऔषध मुद्दाका फरार प्रतिवादी कालिकामाईका केवट पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाले अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको हो ।

पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–५, बिरञ्चीबर्वा निवासी जितेन्द्र महतो केवट रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पाैडलले जानकारी दिए ।

प्रहरी निरीक्षक पौडेलका अनुसार केवटविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनबाट बच्न उनी फरार रहँदै आएका थिए ।

फरार प्रतिवादीको खोजतलासका क्रममा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कैद भुक्तानका लागि वीरगंज कारागार पठाएको जनाएको छ ।

प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको समेत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता सुभाष साहका...