Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

सुधिर पटेल समूहका दीपराज पटेल रास्वपा वीरगंजकाे सभापतिमा निर्वाचित

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको प्रथम अधिवेशनबाट दीपराज पटेल सभापतिमा निर्वाचित भएका छन्।

आइतबार वीरगंजमा सम्पन्न अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पटेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गर्दै सभापतिको जिम्मेवारी हात पारेका हुन् । निर्वाचित पटेलले २२६ मत प्राप्त गर्दा आलमले १७९ मत प्राप्त गरेका थिए ।

सभापतिमा निर्वाचित पटेल पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशिल कुमार साह कानु तथा रास्वपा नेता सुधिर पटेल समुहबाट उम्मेदवार भएका थिए । पराजित आलम भने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त समुहबाट उम्मेदवार भएका थिए ।

निर्वाचनबाट उपसभापतिमा परितोष कुमार द्विवेदी निर्वाचित भएका छन् । उनले १८४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी निखिल बर्णवालले १७६ मत र विशाल कुमार पटेलले २९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा निर्वाचित द्विवेदी सांसद पन्त समुहका हुन् । उपसभापतिमा सांसद कानु र नेता पटेल समुहका बर्णवाल पराजित भएका छन् ।

त्यसैगरी सचिव पदमा गौतम कुमार श्रेष्ठ २३२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी जुनैद अन्सारीले १६६ मत प्राप्त गरेका थिए । सहसचिव पदमा मुन्ना साह तेली १८८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राजनन्दन प्रसाद कलवारले १७१ मत तथा ऋषिकेश गुप्ताले ४५ मत प्राप्त गरेका थिए ।

महानगर समितिको सदस्य पदमा प्रमोद कुमार पटेल, रन्जितकुमार पटेल, आजम मन्सुरी, जितेन्द्र प्रसाद सोनार, अर्जुन पटेल, राजेश प्रसाद सोनार, मोहन प्रसाद सोनार, चन्दन महतो कहार, दीपक ठाकुर, सदरे आलम अन्सारी, कन्हैया साह, पिंकी कुमारी साह, राज्दा खातुन, अन्जु चौरसिया, पूर्णिमा शर्मा, मीना देवी, सावित्री घिमिरे, शोभा गुप्ता र दिप्सना गिरी निर्वाचित भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत तुलसा अधिकारी पौडेलका अनुसार महानगर समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा कुल ४८४ मतदातामध्ये ४८३ मत खसेको थियो । उच्च मतदानसहित सम्पन्न निर्वाचनपछि रास्वपा वीरगंज महानगरले नयाँ नेतृत्व पाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रदेश प्रहरी कार्यालय वीरगंजका एसएसपी कोईरालाको सरुवा, पल्ली मगर आउने

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जेठ १८...

मधेशमै पहिलो जगरनाथपुर गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मधेश प्रदेशमै पहिलो आगामी आर्थिक वर्षको नीति...

इप्रका पोखरियाद्वारा १० भैंसीका पाडोसहित बोलेरो नियन्त्रणमा, तीन जना पक्राउ

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर चोकबाट प्रहरीले १० वटा भैंसीका पाडोसहित एउटा बोलेरो गाडी र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको छ...