Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

इप्रका पोखरियाद्वारा १० भैंसीका पाडोसहित बोलेरो नियन्त्रणमा, तीन जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर चोकबाट प्रहरीले १० वटा भैंसीका पाडोसहित एउटा बोलेरो गाडी र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको अपरेशन टोलीले आइतबार राति करिब १ः४५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा बिना बिलबिजकका १० वटा भैंसीका पाडो फेला पारेको थियो ।

प्रहरीले गाडी चालक पर्साको कालिकामाई गाउँपालिका–५ निवासी ३५ वर्षीय विजय शर्मा, धोबिनी गाउँपालिका–३ निवासी ६१ वर्षीय बिकरमा राउत कुर्मी तथा धोबिनी गाउँपालिका–५ निवासी ५५ वर्षीय होडा देवानलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका भैंसीका पाडो, बोलेरो गाडी तथा तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...