Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा एक हजार बिरुवा रोपण

spot_img
spot_img

वीरगंज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंजस्थित वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका करिब एक हजार बिरुवा रोपिएको अस्पतालले जनाएको छ। खुला क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबु पटेल, अस्पतालका कर्मचारी, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. पटेलले वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

डा. पटेलले बढ्दो प्रदूषण र तापक्रम नियन्त्रणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताउँदै वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरे।

स्थानीयवासीहरूले हस्पिटलको पहलको प्रशंसा गर्दै यस्ता अभियानले वातावरण संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...