Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

लिटिल बडीमा अध्ययनरत बालबालिकाद्वारा आमाको छात्रावासमा आश्रितलाई सहयाेग

spot_img
spot_img

वीरगंज । लिटिल बडी प्रि-स्कुलमा अध्ययनरत बालबालिकाहरूले सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै वीरगंजस्थित आमाको छात्रावासमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयका बालबालिकाहरूले आफैंले रकम संकलन गरी छात्रावासमा रहेका बालबालिकाको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएका हुन् ।

छात्रावासमा आश्रित विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन तथा उनीहरूलाई शिक्षाप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले ४० दर्जन कापी, ३६० थान पेन्सिल, इरेजर र कटर वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रतिनिधिहरूले उक्त सामग्री छात्रावास व्यवस्थापनलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयका प्रिन्सिपल विजय बलले बालबालिकाको शिक्षा नै समाज विकासको आधार भएको वताए । उनले छात्रावासमा आश्रित बालबालिकालाई सहयोग गर्नु विद्यालयको सामाजिक दायित्व भएको बताउँदै यस्ता सहयोगले उनीहरूको मनोबल वृद्धि हुनुका साथै भविष्यप्रति सकारात्मक सोच विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवले निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले लिटिल बडी प्रि-स्कुलको पहललाई प्रशंसनीय कार्यको रूपमा व्याख्या गर्दै अन्य शैक्षिक संस्थाहरूका लागि पनि प्रेरणादायी उदाहरण भएको बताए ।

त्यसैगरी, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाईले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै वञ्चित तथा आश्रित बालबालिकाको शिक्षामा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

विद्यालयका प्रिन्सिपल बलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी शिक्षिका खुशी श्रेष्ठ, शोभा साह, दीपा राई, श्वेता गुप्ता तथा पत्रकार दीपू वर्णवाललगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...