Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

लिटिल बडीमा अध्ययनरत बालबालिकाद्वारा आमाको छात्रावासमा आश्रितलाई सहयाेग

spot_img
spot_img

वीरगंज । लिटिल बडी प्रि-स्कुलमा अध्ययनरत बालबालिकाहरूले सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै वीरगंजस्थित आमाको छात्रावासमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयका बालबालिकाहरूले आफैंले रकम संकलन गरी छात्रावासमा रहेका बालबालिकाको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएका हुन् ।

छात्रावासमा आश्रित विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन तथा उनीहरूलाई शिक्षाप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले ४० दर्जन कापी, ३६० थान पेन्सिल, इरेजर र कटर वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रतिनिधिहरूले उक्त सामग्री छात्रावास व्यवस्थापनलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयका प्रिन्सिपल विजय बलले बालबालिकाको शिक्षा नै समाज विकासको आधार भएको वताए । उनले छात्रावासमा आश्रित बालबालिकालाई सहयोग गर्नु विद्यालयको सामाजिक दायित्व भएको बताउँदै यस्ता सहयोगले उनीहरूको मनोबल वृद्धि हुनुका साथै भविष्यप्रति सकारात्मक सोच विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवले निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले लिटिल बडी प्रि-स्कुलको पहललाई प्रशंसनीय कार्यको रूपमा व्याख्या गर्दै अन्य शैक्षिक संस्थाहरूका लागि पनि प्रेरणादायी उदाहरण भएको बताए ।

त्यसैगरी, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाईले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै वञ्चित तथा आश्रित बालबालिकाको शिक्षामा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

विद्यालयका प्रिन्सिपल बलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी शिक्षिका खुशी श्रेष्ठ, शोभा साह, दीपा राई, श्वेता गुप्ता तथा पत्रकार दीपू वर्णवाललगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...