Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

नेपालले पनि भारतको जमिन मिचेको छ : प्रधानमन्त्री शाह

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले पनि भारतको केही जमिन मिचेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।

संसदमा बोल्दै प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा दुवै देशबीच संवाद आवश्यक रहेको उल्लेख गरे । उनले भने, “तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं ।”

यद्यपि, प्रधानमन्त्री शाहले नेपालले भारतको कुन–कुन क्षेत्रमा जमिन मिचेको भन्नेबारे कुनै विवरण खुलाएनन् । उनले सीमा सम्बन्धी विषयहरू आपसी संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने वताए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि संसदभित्र तथा बाहिर विभिन्न प्रतिक्रिया आउन थालेका छन् । नेपाल–भारत सीमा विवाद लामो समयदेखि संवेदनशील विषयका रूपमा रहँदै आएको अवस्थामा प्रधानमन्त्रीको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपालका कुनै पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमा नेपालले पनि भारतको जमिन अतिक्रमण गरेको हुनसक्ने अभिव्यक्ति दिएको यो सम्भवतः पहिलो घटना मानिएको छ । यस विषयमा सरकारको थप स्पष्ट धारणा र तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...