Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मानवसेवा आश्रम वीरगंजले मनायो ९औँ वार्षिकोत्सव

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले शुक्रबार आफ्नो ९औँ वार्षिकाेत्सव मनाएको छ । वि.सं. २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नाम गरेका एकजना सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै मानवसेवा आश्रम वीरगंज शाखाको औपचारिक शुभारम्भ गरिएको थियो ।

उक्त मानवीय कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लालबहादुर गुरुङ, विजय ठाकुर तथा अंशु कार्की लगायतको विशेष उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रम वीरगंज शाखा २०७४ देखि २०७९ सालसम्म वीरगंज–९ स्थित इन्डियन एम्बेसी पछाडि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । त्यसपछि २०८० सालमा प्रदेश सांसद रमेश पटेलको विशेष पहलमा वीरगंज–२५ श्रीसियामा वृद्धाश्रमका लागि निर्माण गरिएको भवनमा आश्रम व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ ।

साथै वीरगंज महानगरपालिकाले वीरगंज–१५ लक्ष्मणवामा उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न आफ्नै भवन निर्माण कार्यसमेत सुरु भइसकेको आश्रमले जनाएको छ ।

मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था हो । संवत् २०६९ सालदेखि मानव सेवाको क्षेत्रमा सक्रिय रहेको संस्थाले २०७३ साउन २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भई खुला आकाशमुनि, सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ ।

हाल मानवसेवा आश्रमले “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण” गर्ने लक्ष्यसहित सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको छ ।

मानवसेवा आश्रम वीरगंज शाखाका अनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ । तीमध्ये १५९ जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको छ भने ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ । साथै ६५ जनालाई आश्रमका अन्य शाखामा स्थानान्तरण गरिएको छ भने ४१ जनाले आश्रममै अन्तिम श्वास लिएका छन् । हाल श्रीसियास्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन् ।

मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले आश्रम सम्पूर्ण पर्सा–बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताए ।

उनले भने, “हामीलाई धेरैले सोध्ने गर्नुहुन्छ — यति ठूलो संस्था कसरी चलिरहेको छ ? पैसा कहाँबाट आउँछ ? डोनर को हुन् ? त्यसको उत्तर हामी गर्वका साथ दिने गर्छौं — मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण पर्सा–बारावासीको पसिनाको कमाइबाट चलेको आश्रम हो ।”

उनका अनुसार बिहान–बेलुका मजदुरी गरेर गुजारा चलाउने श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी तथा गृहिणीसम्म सबै वर्गका मानिसहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन् ।

“सहयोगी मनहरू, दाताहरू, शुभेच्छुक महानुभावहरू तथा सम्पूर्ण पर्सा–बारावासीको साथ, विश्वास, माया र सहयोग बिना यो ९ वर्षको यात्रा सम्भव हुने थिएन,” उनले भने ।

मानवसेवा आश्रम वीरगंज परिवारले विगत ९ वर्षदेखि निरन्तर माया, प्रेम, विश्वास, प्रेरणा र हौसला प्रदान गर्ने सम्पूर्ण वीरगंजवासी, सहयोगी मनहरू तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

आश्रमले “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनाका साथ सेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...