Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघकाे कार्यालयमा गरिएको तालाबन्दीप्रति पर्सा शाखाको आपत्ति

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त गतिविधिलाई संस्थाको गरिमामाथिको प्रत्यक्ष प्रहार भएको जनाएको छ ।

शाखाका सचिव विजय कुमार महतोद्वारा जारी प्रेस विज्ञप्तिमा सदस्यता शुद्धीकरणको विषयलाई लिएर गठन भएको भनिएको ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको बेला केही व्यक्तिले तालाबन्दी गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत उक्त गतिविधिको प्रदर्शन गरिएको भन्दै त्यसले पर्सेली पत्रकारिताको एकता, विश्वास र साखमा गम्भीर चोट पुगेको उल्लेख छ ।

महासंघले सदस्यता शुद्धीकरणप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै प्रक्रिया संस्थाको विधि, विधान र विगतका निर्णयका आधारमा मात्रै अगाडि बढ्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिअनुसार शाखा नेतृत्वले तत्कालीन अध्यक्ष अनुप तिवारीलाई २०८३ जेठ ७ गते औपचारिक पत्राचार गर्दै तीन दिनभित्र निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक हरहिसाब बुझाउन आग्रह गरेको थियो । तर, कागजात उपलब्ध गराएर प्रक्रिया सहज बनाउनुपर्नेमा उल्टै उहाँकै नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको भन्दै शाखाले त्यसप्रति गम्भीर प्रश्न उठाएको छ ।

शाखाले हाल कायम सदस्यता निवर्तमान नेतृत्वकै कार्यकालमा कायम भएको र तिनै सदस्यहरूको मताधिकारबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पनि निर्णय पुस्तिका, आर्थिक विवरण तथा अन्य अभिलेख हस्तान्तरण नगरिनु चिन्ताजनक भएको जनाएको छ ।

त्यस्तै, पदस्थापनकै दिन निर्णय पुस्तिका हस्तान्तरण नगरिनु, पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिनु, पहिलो बैठकले ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय कार्यान्वयन नभएको तथा साधारणसभाको तयारी प्रभावित पार्ने गतिविधि भइरहेका कारण संस्थालाई अन्योल र असहजतामा राख्ने प्रयास भइरहेको शाखाको ठहर छ ।

महासंघले निर्णय पुस्तिकालगायत सम्पूर्ण हरहिसाब तत्काल शाखालाई बुझाउन, सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा शाखा कार्यालयमा लगाइएको तालाबन्दी तत्काल खोल्न आग्रह गरेको छ ।

साथै, शाखाले संवाद, सहकार्य र संस्थाको हितमा आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा तथा कानुनी अधिकारमाथि निरन्तर प्रहार भए आवश्यक कानुनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...