Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सदस्यता शुद्धीकरणको माग गर्दै पत्रकार महासंघ पर्सा शाखामा अनिश्चितकालीन तालाबन्दी

spot_img
spot_img

वीरगंज । सदस्यता शुद्धीकरणको माग राख्दै वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले शुक्रबार दिउँसो १ बजे महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

संघर्ष समितिका अनुसार गत मंगलबार र बुधबार कार्यालय अगाडि एक–एक घण्टा धर्ना दिँदा पनि जिल्ला शाखाबाट कुनै सुनुवाइ नभएपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको हो ।

सदस्यता शुद्धीकरण संघर्ष समितिका संयोजक अनुप तिवारीले वर्तमान कार्यसमितिले विगतमा जस्तै छानबिन गरी अयोग्य तथा विधानविपरीत रहेका व्यक्तिहरूलाई सदस्यताबाट हटाउनुपर्ने माग राखिएको बताए ।

उनले विधानअनुसार सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने तथा सदस्यता छानबिनका लागि आवश्यक पहल नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको स्पष्ट पारे ।

तालाबन्दी कार्यक्रममा संघर्ष समितिका सह–संयोजक शेखर छतकुली, प्रेस चौतारी पर्साका उपाध्यक्ष राजेन्द्र सिंह, प्रेस मञ्चका बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...