Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

सदस्यता शुद्धीकरणको माग गर्दै पत्रकार महासंघ पर्सा शाखामा अनिश्चितकालीन तालाबन्दी

spot_img
spot_img

वीरगंज । सदस्यता शुद्धीकरणको माग राख्दै वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले शुक्रबार दिउँसो १ बजे महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

संघर्ष समितिका अनुसार गत मंगलबार र बुधबार कार्यालय अगाडि एक–एक घण्टा धर्ना दिँदा पनि जिल्ला शाखाबाट कुनै सुनुवाइ नभएपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको हो ।

सदस्यता शुद्धीकरण संघर्ष समितिका संयोजक अनुप तिवारीले वर्तमान कार्यसमितिले विगतमा जस्तै छानबिन गरी अयोग्य तथा विधानविपरीत रहेका व्यक्तिहरूलाई सदस्यताबाट हटाउनुपर्ने माग राखिएको बताए ।

उनले विधानअनुसार सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने तथा सदस्यता छानबिनका लागि आवश्यक पहल नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको स्पष्ट पारे ।

तालाबन्दी कार्यक्रममा संघर्ष समितिका सह–संयोजक शेखर छतकुली, प्रेस चौतारी पर्साका उपाध्यक्ष राजेन्द्र सिंह, प्रेस मञ्चका बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...