Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जनकपुरमा पत्रकार महासंघको प्रादेशिक भवन शिलान्यास

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक भवन निर्माण कार्यको शुक्रबार शिलान्यास गरिएको छ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको भवन शिलान्यास गरेका हुन् ।

गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले पत्रकार महासंघको प्रादेशिक कार्यालयलाई सुविधा सम्पन्न भवनका रूपमा निर्माण गरिने बताए । उनले महासंघका पदाधिकारी, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरी आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने जानकारी दिए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूले देखेको सपना पूरा गर्ने अभियान सुरु भएको बताए । उनले नेपालमै पहिलोपटक मधेश प्रदेश समितिको आफ्नै भवन निर्माणको सपना साकार भएको उल्लेख गर्दै निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार भवन निर्माण कार्य अघि बढाइएको बताए ।

अध्यक्ष बन्जाराले प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण सुरु गरिएको जानकारी दिँदै छिट्टै आधुनिक तथा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, स्वतन्त्र सेनानी राम भरत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मधेश प्रदेश इन्चार्ज राजेश कर्ण, आमसञ्चार प्राधिकरणका जितेन्द्र सिंह खड्का, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा लगायत महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण महासचिव शैलेन्द्र महतोले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...