Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंज २७ मा जेन–जी पर्साको कमिटी गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ मा जेन–जीकाे ४० सदस्यीय वडा स्तरीय कमिटी गठन गरिएको छ ।

बिहिबार सम्पन्न कार्यक्रममा विशाल कुमार पटेललाई सोही वडाको इन्चार्ज तोकिएको छ भने विकास प्रसाद यादवको अध्यक्षतामा कमिटी गठन गरिएको हो ।

नवगठित कमिटीमा उपाध्यक्षमा रुपेश प्रसाद यादव, सचिवमा राहुल पटेल, सह–सचिवमा अर्जुन प्रसाद यादव तथा कोषाध्यक्षमा सन्दिप पासवान चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा किसन पटेल, पपु पटेल, रोशन पटेल, विवेक यादव, आकाश बैठा, राजन पटेल, मनिष यादव, रवि यादवलगायत रहेका छन् ।

कार्यक्रममा बोल्दै वडा इन्चार्ज विशाल कुमार पटेलले जेन–जीको सिद्धान्तअनुसार समाजमा रहेका विकृति–विसङ्गतिविरुद्ध युवाहरूलाई एकताबद्ध गर्दै परिवर्तनको अभियान अघि बढाउने बताए ।

त्यस्तै, जेन–जी पर्सा वडा नं. २७ का अध्यक्षले आफ्नो वडामा भ्रष्टाचारविरुद्ध कडा रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जेन–जी पर्साका संयोजक महादेव प्रसाद कुर्मी, मुख्य सल्लाहकार बिरेन्द्र कण्ठसहित युवाहरूको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...