Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।

रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजनामा तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा १९ महिलासहित ६८ जनाले रक्तदान गरेका हुन् ।

रसुवामा बाढीबाट प्रभावित नागरिकहरूको उपचार तथा आवश्यक रक्त सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरीले जानकारी दिए ।

कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रगत नेशनल मेडिकल कलेज ब्लड बैंकमार्फत रसुवा बाढीपीडितहरूको उपचार तथा आवश्यक रक्त सहयोगका लागि प्रयोग गरिने उनले बताए ।

रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक, पत्रकार तथा विभिन्न क्षेत्रका सहभागीहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. ईशरत जहान, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरी, प्रमुख वित्तीय अधिकृत, मार्केटिङ म्यानेजर तथा प्रशासन विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...