Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

spot_img
spot_img

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालै देशका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै प्रभावित नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गरिएको छ ।

गाउँ कार्यपालिकाको बैठकले निर्वाचित जनप्रतिनिधिहरूको एक महिनाको सुविधा बराबरको रकम बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाका स्थायी कर्मचारीका हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने तथा करार कर्मचारीबाट समेत निश्चित रकम कट्टा गरी सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष अनोज चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्का बेला सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...