Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

spot_img
spot_img

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् ।

क्वालिफिकेशन राउन्डबाट ग्रुप ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, ग्रुप ‘बी’ बाट मास्कट एकेडेमी, ग्रुप ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, ग्रुप ‘डी’ बाट रोयल एकेडेमी र ग्रुप ‘ई’ बाट ज्ञानज्योति माध्यमिक विद्यालय फाइनलमा छनोट भएका हुन् ।

क्वालिफिकेशन राउन्डमा पाँच समूहबाट कुल ३१ वटा विद्यालयको सहभागिता रहेको थियो । ग्रुप ‘बी’ मा सात विद्यालय तथा अन्य चार समूहमा छ–छ विद्यालय सहभागी थिए । प्रतिस्पर्धामा आफ्ना समूहका अन्य विद्यालयलाई पछि पार्दै पाँच विद्यालयले फाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगिताको सिनियरतर्फको फाइनल भिडन्त भदौ २३ गते बिहान १० बजेदेखि वीरगंजस्थित डिएभी स्कुलमा हुने भएको छ । उपाधिका लागि फाइनलमा छनोट भएका पाँच विद्यालयबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकले जानकारी दिए ।

यसअघि वीरगंजको ज्योतिनगरस्थित लिटल एन्जल्स स्कुलमा आयोजित क्वालिफिकेशन राउन्डको सुरुवातअघि औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी तथा प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गमलामा पानी हालेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए । कार्यक्रममा प्याब्सन वीरगंजका नगर सदस्य विजय बल र सुमित कलवार, प्रेस कोर्डिनेटर दीपु बर्णवाल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिन तथा विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...