Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

spot_img
spot_img

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

हिंसा नियन्त्रण तथा मानव बेचबिखन एवम् ओसारपसार रोकथामको क्षेत्रमा कार्यरत नवअभियान नेपालले वीरगंजमा आयोजना गरेको सहकार्यका लागि समन्वय बैठकमा सहभागीहरूले छरिएर काम गर्नु भन्दा साझा उद्देश्यसहित सहकार्य गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा संस्थाकी प्रशासन प्रमुख सरस्वती मानन्धरले संस्थाको उद्देश्यबारे जानकारी दिँदै मानव बेचबिखन, लैंगिक हिंसा तथा विभिन्न जोखिममा परेका व्यक्ति र समुदायको संरक्षणका लागि संस्था सक्रिय रूपमा काम गर्दै आएको बताइन् । उनले गरिबी, बेरोजगारी र अशिक्षाजस्ता कारणले मानव बेचबिखनका घटना बढ्दै गएको उल्लेख गर्दै त्यसको रोकथामका लागि राज्यसँगै सामाजिक संस्थाहरूको पनि महत्वपूर्ण भूमिका रहने धारणा राखिन् ।

उनका अनुसार भक्तपुरको गठ्ठाघरमा मुख्य कार्यालय रहेको नवअभियान नेपालले वीरगंज, विराटनगर र काँकडभिट्टामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै सीमावर्ती क्षेत्रमा मानव बेचबिखन रोकथाम, सीमा निगरानी, परामर्श सेवा, कानुनी सहायता, उद्धार तथा पुनस्र्थापनाको क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले मानव बेचबिखन तथा हिंसा नियन्त्रणका लागि प्रशासन सदैव सहकार्य गर्न तयार रहेको बताए । उनले यस्ता संवेदनशील विषयमा सरकारी निकाय र सामाजिक संस्थाबीच समन्वय अझ प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याए ।

नारायणी अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) प्रमुख हेमा थापाले हिंसा प्रभावित व्यक्तिलाई संरक्षण र न्याय दिलाउन सबै निकायको साझा प्रयास आवश्यक रहेको बताइन् ।

मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले समस्यामा परेका तथा आश्रयविहीन व्यक्तिलाई आवश्यक परे आश्रममा सुरक्षित रूपमा राख्न सकिने बताए ।

आफन्त नेपाल वीरगंजकी प्रमुख मनु राणाले मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणका लागि चेतनामूलक अभियानलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईले समाजमा रहेका जोखिम र हिंसाका घटना न्यूनीकरणका लागि सबै संस्था एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए । उनले सीपमूलक तालिम तथा आयमूलक क्षेत्रमा आबद्ध गराउन सके हिंसाका घटना कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नवअभियान नेपालका क्षेत्रीय संयोजक सुरज बाबु पटेलले स्वागत मन्तव्य व्यक्त गर्दै सीमावर्ती क्षेत्र भएकाले वीरगंजमा मानव बेचबिखनको दृष्टिकोणले संवेदनशील रहेको उल्लेख गरे । उनले रोकथाम, उद्धार तथा पुनस्र्थापनामा संस्थाले विभिन्न निकायसँग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेल प्रमुख प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकी, माइती नेपाल वीरगंजकी अनिषा गौतम, आशिष सामाजिक नेपाल वीरगंजकी प्रमुख कौशिला वि.क., ज्योति नेपालकी कृतिका वली, सीएमसी नेपालकी मनोपरामर्शकर्ता रमिता श्रेष्ठ, क्रियाशील पत्रकार मञ्च पर्साका अध्यक्ष आनन्द पटेल, सचिव राकेश साहलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...