Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

परवानीपुरमा विद्यालय र स्वास्थ्य चौकी भवनको शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुरमा विद्यालय तथा स्वास्थ्य चौकीका दुई वटा भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । वडाअध्यक्ष राधाकृष्ण रौनियारको पहलमा ल्याइएको बजेटबाट श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर र परवानीपुर स्वास्थ्य चौकीमा दुई/दुई कोठे भवन निर्माण हुन लागेको हो ।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुरमा मधेश प्रदेश शिक्षा मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा निर्माण हुने दुई कोठे भवनको शिलान्यास वडाअध्यक्ष रौनियारले गरेका हुन् ।

शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिहर साह, प्रधानाध्यापक रामेश्वर साह, शिक्षकहरू तथा स्थानीय समाजसेवी भोज महतो, कृष्ण कुशवाहा, गणेश कुशवाहा, हृदयनारायण कुशवाहालगायतको उपस्थिति रहेको थियो । भवन निर्माणको काम ताराचन्द मण्डल नेतृत्वको उपभोक्ता समितिले गरिरहेको जनाइएको छ ।

त्यसैगरी, परवानीपुर स्वास्थ्य चौकीमा पनि दुई कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । मधेश प्रदेश स्वास्थ्य मन्त्रालयबाट विनियोजित २४ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको बजेट पनि वडाअध्यक्ष रौनियारकै पहलमा ल्याइएको बताइएको छ ।

स्वास्थ्य चौकी भवन शिलान्यास कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख रामेश्वर राम, कर्मचारी अर्विन्द रौनियार, आकृति पटेल, जवाहिर महतोलगायतको सहभागिता रहेको स्थानीय समिर आलमले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष राधाकृष्ण रौनियारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाइएको बताए । उनले स्थानीय नागरिकलाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि वडाको समग्र विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...