Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

इप्रका पाेखरियाद्वारा फरार दुई अभियुक्त पक्राउ

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरियाले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–५ निवासी रंजित राउत कंकर रहेका छन् । उनी लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट एक वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएपछि फरार रहेका थिए ।

त्यसैगरी, कालिकामाई गाउँपालिका–५ कै शशी कपुर ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ । ठाकुर बहुविवाह मुद्दामा अदालतबाट एक वर्ष कैद तथा २५ हजार रुपैयाँ जरिवाना सजाय पाएपछि फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दुवै अभियुक्तलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...