Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी रन्जु पक्राउ

spot_img
spot_img

वीरगंज । बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेकी प्रतिवादी रन्जु कुमारी पक्राउ परेकी छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी रन्जु कुमारीलाई यही जेठ ८ गते साँझ करिब ५ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित सार्वजनिक बाटोबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी कुमारीविरुद्ध बैंकिङ कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत ले २०८१ चैत २१ गते १० दिन कैद तथा १७ लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतको २०८३ जेठ १२ गतेको पत्रादेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...