Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सिंहसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत सम्बन्धी कसुर मुद्दामा अदालतले मेयर सिंहसहित ३ प्रतिवादीलाई पक्राउ गर्न अनुमति दिएको हो । अदालतले लिखत किर्ते तथा नागरिकता सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।

अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिइएको पुष्टि गर्दै उक्त आदेश गत जेठ ८ गते नै जारी भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले पनि मेयर सिंहसहित ३ जनाविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ अनुमति प्राप्त भएको बताएका छन् ।

पर्सा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गर्दै प्रतिवादीहरूको नाममा सूचना, सात दिने पक्राउ पुर्जी तथा ३५ दिने पक्राउ पुर्जी पठाएको जनाएको छ । अदालतले सात दिनभित्र खोजतलास गरी पक्राउ परे अदालतमा उपस्थित गराउन तथा पक्राउ नपरे ३५ दिने पक्राउ पुर्जी तामेल गर्न निर्देशन दिएको छ ।

अदालतले सम्बन्धित प्रतिवादी पक्राउ परे सूचना बुझाई भरपाईसहित अदालतमा पठाउन तथा आवश्यक परे मातहतका इलाका प्रहरी कार्यालयमार्फत पनि म्याद तामेल गराउन आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...