Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मधेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्रालय, युवराज भट्टराई अर्थमन्त्री

विकास योजनामा न्यूनतम एक करोड बजेट अनिवार्य गर्ने सहमति

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेसनेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारीको सहमति जुटेपछि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।

मंगलबार साँझ गरिएको मन्त्रिपरिषद् विस्तारमा एमालेले ४ वटा मन्त्रालय पाएको छ भने नेकपाका संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको निजी सचिवालयका अनुसार एमालेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय तथा श्रम तथा यातायात मन्त्रालय पाएको हो ।

एमालेबाट शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण तथा मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालयमा मन्त्री परिवर्तन गरिएको छ । मुख्यमन्त्री यादवले स्वास्थ्य मन्त्री जंगीलाल राईलाई हटाएर कांग्रेसकै सांसद नागेन्द्र साहलाई नयाँ स्वास्थ्य मन्त्री नियुक्त गरेका छन् । मंगलबार साँझ नै सबै नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।

यसअघि तीन दलबीच १५ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरिएको छ ।

समझदारीमा सरकार सञ्चालन आपसी समन्वय र समझदारीका आधारमा द्रुत गतिमा अघि बढाइने, सुशासनको अनुभूति दिलाउने गरी काम गर्ने तथा विकास योजनामा एक करोड रुपैयाँभन्दा कम बजेट विनियोजन नगर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, परियोजना बैंकमा समावेश भएका योजनालाई प्राथमिकता दिने, अधुरा योजनाका लागि छुट्टै शीर्षक बनाएर बजेट व्यवस्था गर्ने तथा विकास निर्माणका योजना खुला एवं प्रतिस्पर्धी प्रक्रियाबाट सञ्चालन गर्ने सहमति भएको छ ।

मन्त्रिपरिषद्लाई पुनःसंरचना गर्दै मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ९ मा सीमित गर्ने, कर्मचारी सरुवालाई व्यवस्थित गर्न मापदण्ड बनाउने तथा प्रदेश कानुन संशोधन र नयाँ कानुन निर्माणलाई प्राथमिकता दिने विषय पनि समझदारीमा समेटिएको छ ।

तीन दलबीच भएको सहमतिपत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराईले हस्ताक्षर गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...