वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कवि राज अर्यालको सभापतित्वमा सर्वसम्मत रूपमा १५ सदस्यीय नगर समिति गठन गरिएको हो ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकामा आयोजित अधिवेशनमा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा रास्वपा पर्सा जिल्ला सभापति तथा पर्सा क्षेत्र नं. १ का संघीय सांसद हरी पन्त र पर्सा क्षेत्र नं. २ का सांसद सुशील साह कानु विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।
त्यसैगरी रास्वपा मधेश प्रदेश शिक्षा विभाग प्रमुख सबु कडेल, मधेश प्रदेश संस्कृति विभाग प्रमुख पुरुषोत्तम अधिकारी, प्रदेश प्रतिनिधि सोनालाल पटेल, जिल्ला उपसभापति तुलषा अधिकारी, क्षेत्रीय सभापति फैयाज मियाँ, उपसभापति शान्ति पौडेल, बहुदरमाई नगर सभापति चन्दन यादव, रास्वपा नेता बुद्धिराज पौडेल तथा जोखु मियाँलगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित समितिको उपसभापतिमा सुनिल रायभर, सचिवमा सर्फू आलम अन्सारी तथा सहसचिवमा रमेश कुमार दहित चयन भएका छन् । त्यसैगरी धुर्व बहादुर खड्का, सन्तोष खवास थारु, मिन्टु कुमारी, धीरेन्द्र राउत, मोहम्मदराज सिद्दीकी, सम्झना सुबेदी, केदार ठाकुर, नीरज चौधरी र राजनारायण यादव सदस्यमा चयन भएका छन् ।
अधिवेशनले हरेराम राम, जोखु मियाँ, जयकरण यादव, रविशंकर चौधरी तथा हरिशंकर यादवलाई सल्लाहकारको जिम्मेवारी समेत प्रदान गरेको छ ।
वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...