Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

मनसुनजन्य विपद्‌प्रति उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिकाे निर्णय

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा बढ्दो गर्मी, मनसुन, सुख्खा, खडेरी तथा सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले विपद् पूर्वतयारी, प्रतिकार्य, खोज तथा उद्धार, राहत व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले यस वर्षका लागि तयार गरिएको “मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८३” अनुमोदन गर्दै सबै निकायले सोही योजना अनुसार कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । साथै स्थानीय तहहरुलाई आ–आफ्नो क्षेत्रमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तत्काल तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

निर्णय अनुसार सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित कार्यालयहरुले बाढी, डुबान, हावाहुरी, पहिरो, वन डढेलो, खडेरी लगायतका विपद् न्यूनीकरणका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्रोत–साधन तयारी अवस्थामा राख्नेछन् । उच्च जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरणको सहजीकरण गर्ने तथा खाद्यान्न, कपडा, औषधि र खानेपानीजस्ता अत्यावश्यक सामग्री भण्डारण गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले पानीजन्य रोग तथा सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङ, पाइपलाइन विस्तार, ट्यांकी निर्माण, धारा जडान तथा पानीको गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त निर्देशन अनुसार मनसुनको समयमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै सरोकारवाला निकायले समन्वय र सहकार्यसहित उच्च सजगता अपनाउने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, हालको मौसममा सर्पदंशको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा स्थानीय तहहरुले सम्बन्धित निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालकाे अध्यक्षतामा बसेकाे बैठकमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, सहायक प्रमुख जिल्ला अधिकारीद्वय विनोद कुमार पोखरेल र कृष्ण थापा, श्रीजंग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर वस्नेत, सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका गणपति मोहन बहादुर क्षेत्री, पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह, गैरसकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, रेडक्रस पर्साका सभापति बृजकिशाेर पटेल सहित विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम...

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वीरगंज...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...