Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

विपन्न महरा परिवारलाई बिरजेश्वर चौधरी दम्पतीद्वारा खाद्यान्न तथा कपडा सहयोग

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली निवासी अत्यन्तै विपन्न जोगिन्दर महराको छोरीको निधनपछि शोकमा रहेको परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको छ ।

जगरनाथपुर गाउँपालिका–४ निवासी समाजसेवी तथा गाउँपालिका अध्यक्ष प्रत्याशी बिरजेश्वर चौधरी र उनकी पत्नी सोभावती देवीको उपस्थितिमा महरा परिवारलाई आवश्यक खाद्यान्न सामग्री तथा कपडा हस्तान्तरण गरिएको हो ।

चौधरी दम्पतीले परिवारलाई चामल, चिउरा, आलु, प्याज, आटा लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरेका थिए । छोरीको काजक्रिया गर्न कठिनाइ भइरहेको अवस्थामा उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

सहयोग कार्यक्रममा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो । कठिन परिस्थितिमा पीडित परिवारलाई राहतस्वरूप सहयोग गरिएको भन्दै स्थानीयले चौधरी दम्पतीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

मानवीय सेवाभावका साथ गरिएको यस सहयोगले शोकमा रहेको महरा परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको स्थानीयले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...