Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

विपन्न महरा परिवारलाई बिरजेश्वर चौधरी दम्पतीद्वारा खाद्यान्न तथा कपडा सहयोग

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली निवासी अत्यन्तै विपन्न जोगिन्दर महराको छोरीको निधनपछि शोकमा रहेको परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको छ ।

जगरनाथपुर गाउँपालिका–४ निवासी समाजसेवी तथा गाउँपालिका अध्यक्ष प्रत्याशी बिरजेश्वर चौधरी र उनकी पत्नी सोभावती देवीको उपस्थितिमा महरा परिवारलाई आवश्यक खाद्यान्न सामग्री तथा कपडा हस्तान्तरण गरिएको हो ।

चौधरी दम्पतीले परिवारलाई चामल, चिउरा, आलु, प्याज, आटा लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरेका थिए । छोरीको काजक्रिया गर्न कठिनाइ भइरहेको अवस्थामा उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

सहयोग कार्यक्रममा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो । कठिन परिस्थितिमा पीडित परिवारलाई राहतस्वरूप सहयोग गरिएको भन्दै स्थानीयले चौधरी दम्पतीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

मानवीय सेवाभावका साथ गरिएको यस सहयोगले शोकमा रहेको महरा परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको स्थानीयले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...